Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

कैदीबन्दीको स्वास्थ्य परीक्षण

कैदीबन्दीको स्वास्थ्य परीक्षण

  • 549
    SHARES
  • कैदीबन्दीको स्वास्थ्य परीक्षण

    उदयपुर । सगरमाथा आयुर्वेद औषधालय गाईघाटले जिल्ला कारागार उदयपुरमा रहेको कैदीबन्दीको स्वास्थ्य परीक्षण गरिएको छ ।

    'निरोगी नेपाल' अभियान अन्तर्गत दुई सय २८ जना कैदीबन्दी र १४ जना कर्मचारी र सुरक्षाकर्मीको स्वास्थ्य परीक्षण गरेको औषधालयका प्रमुख डा.सरोजप्रसाद विशालले जनाएको छ ।

    डा.विशालका अनुसार कैदीबन्दीमा मानसिक तनावका कारण शरीरको रोफक्रो मेटाबोलिजम असन्तुलन, हर्मोन तथा एनाइजममा गडबढी, नसर्ने रोगको जोखिम देखिएको छ ।

    कैदीबन्दीहरुको बडी मास इन्डेक्स, रक्तचाप, ब्लड सुगर, युरिन परीक्षणलगायत क्लिनिकल र फिजिकल परीक्षण गरिएको थियो । स्वास्थ्य जीवनअन्तर्गतको स्क्रीनिङले भविष्यमा हुने स्वास्थ्य जटिलतालाई न्यूनिकरण गर्न सकिने डा.विशालले जनाए ।

    नेपाल स्टेप्स सर्भे २०१९ ले उल्लेख गरेका नसर्ने रोगका जोखिम तत्वहरू बारे समाजमा सतर्कता अपनाइ स्वस्थ्यकर जीवनसैली अवलम्बन गर्न स्वास्थ्य परीक्षण कोशेढुंगा सावित हुने डा.विशालले बताए ।

    दुई दिनसम्म जारी स्वास्थ्य परीक्षणको समापनमा कारगारका जेलर कुमार खड्काले यस किसिमको कार्यक्रम सारै उपलब्लिमुलक रहेको र थप औषधालयको समन्वयमा स्वास्थ्यसम्बन्धी क्रियाकलाप सन्चालन गर्न आतुर रहेको बताए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij