Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

१० सचिवको सरुवा, कसको कहाँ? 

१० सचिवको सरुवा, कसको कहाँ? 

  • मंसिर १३, २०७८ सोमवार २०:१७ बजे
  • 554
    SHARES
  • १० सचिवको सरुवा, कसको कहाँ? 

    काठमाडौं । सरकारले १० सचिवहरुको सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सचिवहरुको सरुवा गरेको हो। एक मन्त्रीका अनुसार निर्वाचन आयोगका सचिव सुरेश अधिकारीलाई सामान्य प्रशासन मन्त्रालय सरुवा गरिएको छ। यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव एकनारायण अर्याललाई  श्रम मन्त्रालयमा प्रधानमन्त्री कार्यालयका सचिव महेश्वर न्यौपानेलाई पर्यटन मन्त्रालय पठाइएको छ । 

    वित्त आयोगमा प्रधानमन्त्री कार्यालयका सचिव भरतमणी सुवेदीको सरुवा भएको छ भने वित्त आयोगका सचिव गोकर्णमणि दवाडीलाई लाई निर्वाचन आयोगमा सरुवा गरिएको छ।  यस्तै शिक्षा मन्त्रालयका सचिव रामप्रसाद थपलियालाई प्रधानमन्त्री कार्यालय रपर्यटन मन्त्रालयका सचिव यादव कोइरालालाई शिक्षा मन्त्रालयमा सरुवा गरिएको छ।

    श्रम मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई पनि प्रधानमन्त्री कार्यालय र शहरी मन्त्रालयका सचिव डा. रमेश सिंहलाई अतिरिक्तमा पदस्थापन गरिएको छ।  शहरी विकास मन्त्रालयमा उर्जाका आयोगका सचिव मणिलाल गेलाललाई ल्याएको छ।  

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij