Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

महन्थद्वारा ओलीलाई धन्यवाद, देउवाको ध्यानाकर्षण

महन्थद्वारा ओलीलाई धन्यवाद, देउवाको ध्यानाकर्षण

  • 774
    SHARES
  • महन्थद्वारा ओलीलाई धन्यवाद, देउवाको ध्यानाकर्षण

    चितवन । लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लाेसपा) का अध्यक्ष महन्थ ठाकुरले आफूहरूको माग पुरा गर्ने प्रयास गरेकोमा तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओलीलाई धन्यवाद दिएका छन् ।

    चितवनमा आयोजित एमालेको १०औँ महाधिवेशनको उद्घाटन सत्रमा बोल्दै उनले तराई मधेस र मधेसी जनताको माग पुरा गर्ने विषयमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रयास गरेको भन्दै उनलाई धन्यवाद दिएका हुन् ।

    प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी सो कार्यक्रममा उनले अब मधेस र मधेसी जनताको माग पुरा गर्ने अभिभारा वर्तमान सरकारको काँधमा आएको स्मरण गराउँदै पुरा हुनेमा आफू आशावादी रहेको बताए ।

    अहिले पनि आफ्ना नेता कार्यकर्ता जेलमा रहेका र केहीले मुद्दा खेपिरहेको भन्दै उनले संविधान संशोधन गरेर आफूहरूको माग पुरा गर्न सरकारको ध्यानाकर्षण गराए ।

    उनले एमाले महाधिवेशनको सफलताको शुभकामना दिए । साथै आगामी नेतृत्वका लागि बधाई पनि दिए ।
     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij