Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

रातारात समिकरण फेरिएको भोजपुरमा संस्थापन समुह दोस्रो, वान्तवा र राई दोस्रो चरणमा भिड्दै

रातारात समिकरण फेरिएको भोजपुरमा संस्थापन समुह दोस्रो, वान्तवा र राई दोस्रो चरणमा भिड्दै

  • मंसिर ६, २०७८ सोमवार १९:५७ बजे
  • 476
    SHARES
  • रातारात समिकरण फेरिएको भोजपुरमा संस्थापन समुह दोस्रो, वान्तवा र राई दोस्रो चरणमा भिड्दै

    काठमाडौं । नेपाली कांग्रेस भोजपुरको नेतृत्व चयनका लागि दोस्रो चरणमा मतदान हुने भएको छ। सोमबार भएको मतदानमा सभापतिका तीन आकांक्षीले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि दोस्रो चरणको मतदान हुने भएको हो।

    कांग्रेसको विधान अनुसार दुई भन्दा बढी सभापतिका उम्मेदवार भए पहिलो चरणमा निर्वाचित हुन ५१ प्रतिशत मत कटाउनुपर्ने व्यवस्था छ। पहिलो चरणमा ५१ प्रतिशत मत कट्न नसके पहिलो र दोस्रो हुनेकाबीचमा पुनः प्रतिस्पर्धा हुनेछ। दोस्रो चरणमा भने सबैभन्दा बढी मत ल्याउने उम्मेदवार विजयी हुनेछ।  

    कांग्रेस भोजपुरको सभापतिमा निवर्तमान सभापति नन्दमणी राई, पूर्वसभापति बालकृष्ण थापा र नेविसंघका पूर्व केन्द्रीय कोषाध्यक्ष विनोद वान्तवाबीच प्रतिस्पर्धा  भएको थियो। पहिलो चरणको मदतानमा खसेको कुल १२२६ मतमा ४१४ मत ल्याएका वान्तवा पहिलो, ३९४ मत सहित राई दोस्रो र ३९२ मत ल्याएका थापा तेस्रो भएका छन्। अब दोस्रो चरणमा वान्तवा र राईबीच प्रतिस्पर्धा हुनेछ। वान्तवा र थापा संस्थापन इतर समुहका हुन् भने राईलाई संस्थापन समुहले समर्थन गरेको थियो। मतदानको अघिल्लो रातसम्म थापालाई संस्थापन समुहले समर्थन गरेको थियो। तर, अन्तिम रात संस्थापन समुहले राईलाई समर्थन गरेको थियो। 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij