Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

यस्ता छन् कोरोनाविरुद्धको फाइजर खोप लगाएपछि देखिने लक्षणहरु

यस्ता छन् कोरोनाविरुद्धको फाइजर खोप लगाएपछि देखिने लक्षणहरु

  • 639
    SHARES
  • यस्ता छन् कोरोनाविरुद्धको फाइजर खोप लगाएपछि देखिने लक्षणहरु

    काठमाडौं । आइतबारबाट कोरोनाविरुद्धको फाइजर खोप लगाउन सुरु गरिएको छ । आजबाट सुरु भएको खोप अभियान ४ मंसिरसम्म १२ वर्ष माथिका दीर्घ रोगीहरुलाई  दिइनेछ ।  स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाअन्तर्गत खोप शाखा प्रमुख सागर दाहालकाअनुसार फाइजर कोभिडविरुद्धको पहिलो खोप हो । तर नेपालमा प्रयोग हुन लागेको यो नयाँ खोप हो । यसअघि नेपालमा कोभिशिल्ड, भेरोसेल, एस्ट्राजेनिका र जेन्सन एन्ड जेन्सन खोप प्रयोग गरिएको छ । 

    दाहालकाअनुसार नेपालमा हालसम्म प्रयोग भएका खोपहरु लगाउँदाभन्दा फाइजर खोपले केही बढी असर देखाउन सक्छ । त्यस्ता असर देखिए नआत्तिएर असरअनुसारको औषधिको सेवन गर्न उनले सुझाएका छन् ।  ज्वरो आउने, टाउको, जीउ, मांशपेशी, जोर्नी दुख्ने भएमा सिटामोल खाएपछि ठिक हुने उनले जानकारी दिए । 

    फाइजर खोप लगाएपछि देखिने सामान्य लक्षण
    १. सूई लगाएको ठाँउमा दुख्ने, हल्का रातो हुने र सुन्निने,
    २. टाउको दुख्ने, जाडो हुने र ज्वरो आउने,
    ३. मांशपेशीहरुको दुख्ने र जोर्नी दुख्ने,
    ४. खान मन नलाग्ने र वाकवाकी लाग्ने,
    ५. थकाइृ लाग्ने,
    ६. सूई लगाएको हातको काखीको ग्रन्थी सुन्निने र दुख्ने

    फाइजर खोप लगाएपछि हुनसक्ने अवाच्छित घटना
    एनाफाइलेक्सिस्,
    मायोकार्डाइटिस, पेरीकार्डडाइटिस,
    शरीरमा साना विवरा आउने र चिलाउने, शरीरभरी डावर आउने र चिलाउने, अनुहार सुन्निने लक्षणहरु देखिन सक्छन् ।
    पखाला लाग्ने, वान्ता हुने, सूई लगाएको हात बढी नै दुख्ने जस्ता लक्षण देखिन सक्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij