Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

स्पेनको संघर्षपूर्ण जित, पोर्चुगल रोकियो 

स्पेनको संघर्षपूर्ण जित, पोर्चुगल रोकियो 

  • कार्तिक २६, २०७८ शुक्रवार ०८:०० बजे
  • 508
    SHARES
  • स्पेनको संघर्षपूर्ण जित, पोर्चुगल रोकियो 

    काठमाडौं ।   २०२२ मा कतारमा हुने फिफा विश्वकपको युरोपियन छनोटमा स्पेनले संघर्षपूर्ण जित निकालेको छ भने पोर्चुगल बराबरीमा रोकिएको छ । समूह ‘बी’ को खेलमा स्पेनले ग्रीसमाथि उसकै मैदानमा १–० को झिनो जित निकालेको हो ।


    स्पेनको जितमा पाब्लो सारावियाले पहिलो हाफमा गरेको पेनाल्टी गोल नै निर्णायक बन्यो । एथेन्समा बिहीबार राति भएको खेलको २६औं मिनेटमा पाब्लो सारावियाले पेनाल्टीमार्फत गोल गरेका थिए ।

    यो जितपछि स्पेन ७ खेलबाट १६ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । अर्को खेलमा जर्जियासँग स्वीडेन २–० ले स्तब्ध बनेपछि स्पेनले आफ्नो खेलमा जित निकाल्दै शीर्षस्थानमा उक्लन सफल भएको हो । पराजित ग्रीस ९ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


    जर्जियासँगको हारपछि स्वीडेन ७ खेलबाट १५ अंक जोडेर दोस्रो स्थानमा झरेको छ । जर्जिया ७ अंक जोडेर चौथो स्थानमा रहेको छ । कोसोभो ४ अंक जोडेर पुछारमा छ ।

    समूह ‘ए’ को खेलमा १० खेलाडीमा समेटिएको पोर्चुगल घरेलु टोली आयरल्यान्डसँड गोलरहित बराबरीमा रोकिएको छ । प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले केही गोलको अवसर सिर्जना गरेपनि गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । ८२औं मिनेटमा पेपे दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि पोर्चुगल १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको थियो ।

    यो बराबरीपछि पोर्चुगल ७ खेलबाट १७ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ । समान १७ अंक नै रहेपनि सर्विया गोल अन्तरमा दोस्रो स्थानमा छ । यो बराबरीपछि पोर्चुगलले विश्वकपमा सोझै छनोट हुने सम्भावना बलियो बनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij