Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का

रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का

  • 934
    SHARES
  • रिडी र रैराङ हाइड्रोपावरको सेयर कारोबार रोक्का

    काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले रिडी हाइड्रोपावर  डेभलपमेन्ट कम्पनी र रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर कारोबार रोक्का गरेको छ । नेप्सेले रैराङ हाइड्रोपावर,रिडी हाइड्रोपावरमा गाभिन लागेपछि कम्पनीको सेयर कारोबार रोक्का गरेको हो ।

    यी दुई कम्पनीहरूबीच १७ कात्तिकमा मर्ज सम्बन्धी सहमतिपत्रमा हस्ताक्षर भएको थियो । दुबै कम्पनीको संयुक्त कारोबार सुरु नहुन्जेलका लागि दोस्रो बजारमा रिडी हाइड्रोपावर र रैराङ हाइड्रोपावरको कारोबार रोक्का गरिएको हो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij