Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास

सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास

  • 434
    SHARES
  • सेमिफाइनल नखेल्दै पाकिस्तानले रच्याे इतिहास

    काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२१ को सेमिफाइनलमा पाकिस्तानले इतिहास रचेको छ । पाकिस्तानले सर्वाधिक पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने इतिहास बनाएको हो ।

    पाकिस्तानले यस मामिलामा श्रीलंका, भारत, अष्ट्रेलिया र वेस्टइण्डिजलाई पछि पारेको छ । पाकिस्तान कीर्तिमानी पाँचौँ  पटक टी–२० विश्वकपको सेमिफाइनलमा पुगेको छ भने पाकिस्तानपछि अष्ट्रेलिया, श्रीलंका र वेस्टइण्डिज क्रमशः चार चार पटक सेमिफाइनल पुगेका छन् ।

    दक्षिण अफ्रिकासँगको अन्तिम लिग खेलमा हार व्यहोरे पनि इंग्ल्याण्डको टोली तेस्रो पटक टी-२० विश्वकपको सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ । योसँगै न्युजिल्याण्डले तेस्रो पटक र भारतले चौथो पटक यस्तो गर्ने मौका पाएको छ ।

    सन् २००९ को टी-२० विश्वकपको विजेता टोली सात पटकमध्ये पाँच पटक सेमिफाइनल खेलेको छ भने पछिल्ला दुई प्रतियोगितामा टोलीको प्रदर्शन राम्रो थिएन । पाकिस्तान सन् २०१४ र २०१६ मा भएको आईसीसी टी–२० विश्वकपको सेमिफाइनलमा पुग्न सकेन ।

    सन् २००७ मा एमएस धोनीको कप्तानीमा भारतले टी-२० विश्वकप जित्दा पाकिस्तान उपविजेता बनेको थियो । र, योसँगै पाकिस्तानले सेमिफाइनल जित्यो भने सबैभन्दा धेरै पटक फाइनल पुग्ने टोली बन्नेछ ।

    पाकिस्तान, इङ्ल्यान्ड र अष्ट्रेलिया टी-२० विश्वकप २०२१ को सेमिफाइनलमा पुगेका छन् । भारत, न्युजिल्याण्ड र अफगानिस्तान मध्ये एक टिमले अब सेमिफाइनलमा स्थान बनाउने छन् ।

    सबैभन्दा धेरै पटक टी-२० विश्वकपको सेमिफाइनल पुग्ने टोलीहरूः 

    पाँच पटक–पाकिस्तान
    चार पटक–अष्ट्रेलिया
    चार पटक–श्रीलंका
    चार पटक– वेस्ट इन्डिज
    तीन पटक– इंग्ल्याण्ड
    तीन पटक–भारत
    दुई पटक–न्युजिल्याण्ड
    दुई पटक–दक्षिण अफ्रिक

    भारत र  न्युजिल्याण्ड टोलीसँग सेमिफाइनल पुग्ने सम्भावना अझै बाँकी छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij