Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

निर्वाचित वडाध्यक्षले नै छाडे जसपा, गरे कांग्रेसमा प्रवेश

निर्वाचित वडाध्यक्षले नै छाडे जसपा, गरे कांग्रेसमा प्रवेश

  • 683
    SHARES
  • निर्वाचित वडाध्यक्षले नै छाडे जसपा, गरे कांग्रेसमा प्रवेश

    काठमाडौं । विराटनगर महानगरपालिका वडा नम्बर १५ वडाध्यक्ष अस्लम आलम जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    वडाध्यक्ष आलमसहित विराटनगर महानगरपालिका-१७ का वडासदस्य फिरोज आलम पनि जसपा परित्याग गरी कांग्रेसमा प्रवेश गरेका छन् ।

    शुक्रबार उनीहरुलाई कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र आमन्त्रित केन्द्रीय सदस्य हसन अन्सारीले पार्टी प्रवेश गराएका थिए ।

    कार्यक्रममा कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता थियो ।

    पार्टी प्रवेशपछि कार्यक्रममा वडाध्यक्ष आलमले नेपाली कांग्रेस​लाई एकढिक्का र मजबुत बनाउन आफू सधैँ लाग्ने बताए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij