Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

भारतमा सक्रिय संक्रमित २५३ दिन यताकै कम

भारतमा सक्रिय संक्रमित २५३ दिन यताकै कम

  • 436
    SHARES
  • भारतमा सक्रिय संक्रमित २५३ दिन यताकै कम

    नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा १२ हजार ८८५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । खोप अभियानलाई तीब्र बनाएसँगै भारतमा संक्रमण दर निरन्तर घट्दै गएको छ ।

    भारतमा अहिले सक्रिय संक्रमित डेढ लाखभन्दा कम छन् । भारतको केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार हाल १ लाख ४८ हजार ५७९ जना मात्र सक्रिय संक्रमित छन् । सक्रिय संक्रमितको यो संख्या २ सय ५३ दिन यताकै कम हो । 

    भारतमा अहिले निको हुने दर बृद्धि भएर ९८ दशमलव २३ प्रतिशत पुगेको छ । निको हुने दर सन् २०२० मार्च यताकै कम भएको मन्त्रालयले जनाएको छ । यो अवधिमा ४६१ जनाको संक्रमणका कारण निधन भएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij