काठमाडौं । नयाँ रिपोर्टअनुसार धुमपान गर्नेहरुले वैकल्पिक उत्पादनको प्रयोग गर्ने वा धुमपान छोड्न थालेपछि आगामी तीन दशकमा थुप्रै विकासोन्मुख देशहरूमा यसको प्रयोग शून्यमा झर्न सक्छ । यदि पछिल्ला दशकहरूमा देखिएको गिरावट यथावत रह्यो भने अमेरिका, युरोप, अस्ट्रेलिया तथा दक्षिण अमेरिकाका धेरै भागहरूमा सन् २०५० सम्ममा धुमपान हराउन सक्ने सिटीका विश्लेषक एडम स्पिलम्यानले प्रकाशित गरेको एक रिपोर्टमा उल्लेख गरिएको छ ।
विश्लेषणले ठूला सूर्तीजन्य सिगरेटहरू प्रतिस्पर्धी सिगरेटकाे रूपमा परिवर्तन हुन कति महत्वपूर्ण छ भनेर देखाउँछ । सिगरेट उद्योगहरूले यसको लामो इतिहासमा धेरै परिवर्तनहरू पार गरिसकेका छन् ।
विश्वमा गत २० वर्षमा धुमपान गर्ने युवाहरूको संख्या झण्डै चौथाईले घटेको छ, पहिलोपटक पुरुषहरूमा सुर्तीजन्य पदार्थको प्रयोगमा गिरावट आएको छ र दशकौंदेखि सिगरेटको मात्रा सिधै खँस्कदै गएको छ । युवाहरूले धुमपान गर्न कम गर्दै गएपछि यसका कम्पनीहरूले वैकल्पिक बाटोहरू खोजिरहेका छन् । सिगरेट बनाउँदै आएका कम्पनीहरू धुँवारहित उत्पादनतर्फ केन्द्रित हुन थालेका छन् ।
मालबोरो र चेस्टरफिल्ड सिगरेटका निर्माता फिलिप मोरिस इन्टरनेसनल इन्कले एक दशकभित्रमा धुँवाजन्य सिगरेट मानिसले प्रयोग गर्न छोडिसक्ने संकेत गरेको छ । यसैलाई लक्षित गर्दै कम्पनीले आफ्नो आइक्युओएस हिटेड-टोबाको डिभाइसलाई धुमपानको विकल्पको रूपमा अगाडि सारेको छ ।
कम्पनीले आफ्नो कुल आम्दानीको एक चौथाई कमाई गैर-दहनशील उत्पादनबाट गर्दै आएको रिपोर्टमा उल्लेख गरिएको छ । यस कम्पनीले भ्यापिङ र ओरल निकोटिन पाउचजस्ता धुँवारहित उत्पादन गरिरहेको ब्रिटिश अमेरिकन पिएलसीलगायतका प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गरेर सिगरेटबाट गुमाएको आफ्नो बजार लिन सक्ने अपेक्षा छ ।
तर केही बजारमा निकोटिनको प्रयोग भइरहन सक्ने बताइएको छ । चीन, फ्रान्स र रुसलगायतका देशमा सन् २०५० सम्ममा पनि धुमपान गरिरहने स्पिलम्यानले ब्लूमबर्गमा प्रकाशित रिपाेर्टमा लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij