वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा १३७, भक्तपुरमा १५ र ललितपुरमा ५० जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर ४९५ जना भाइरस संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ८ जनाको निधन भएको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या १० हजार ३७५ जना रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij