काठमाडौं । भिनिसियस जुनियरको दुई गोल प्रेरित स्पेनिस क्लब रियल मड्रिडले च्याम्पियन्स लिगमा युक्रेनको शाख्तर डोनेश्कमाथि ५–० को एकतर्फी नतिजा हासिल गरेको छ ।
मंगलबार राति समूह ‘डी’ को खेलमा सहज जित निकाल्ने क्रममा रियलको लागि भिनिसियसले दुई तथा रोड्रिगो र करिम बेन्जेमाले एक एक गोल गरे । एक गोल भने रियलले उपहार पायो ।
रियलले मध्यान्तर हुन सात मिनेट बाँकी रहँदा सेर्गे क्रिभट्सोभको आत्मघाती गोलबाट अग्रता लियो । खेलको ५१औं मिनेटमा भिनिसियले पहिलो गोल गर्दा दोस्रो ५६ मिनेटमा सम्भव भयो ।
रोडि«गोले ६५ औं मिनेटमा भिनिसियसको पासमा रियलका लागि चौथो गोल गरे भने करिम बेन्जेमाले इन्जुरी समयमा गोल थप्दै रियालको जित थप फराकिलो पारे । तीन खेलबाट ६ अंक जोडेको रियल मड्रिड दोस्रो स्थानमा छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij