Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बैतडीमा एकजना भारतीय पुरुष मृत फेला 

बैतडीमा एकजना भारतीय पुरुष मृत फेला 

  • 868
    SHARES
  • बैतडीमा एकजना भारतीय पुरुष मृत फेला 

    बैतडी । बैतडीमा एकजना भारतीय पुरुष मृत फेला परेका छन् ।

    मृत फेला पर्नेमा पिथौरागढ जिल्ला ग्राम पञ्चायत पिपलिका ४१ वर्षीय सञ्जय ज्याला रहेका छन् । ज्याला शुक्रबार भारतको हंसेश्वरमा कार दुर्घटना हुँदा बेपत्ता भएका थिए ।

    उनको शव शनिबार बिहान बैतडीको दशरथचन्द नगरपालिका १० तिर खडेनीस्थित महाकाली नदि किनारमा भेटिएको हो । मृतक ज्यालाको शव अहिले जिल्ला अस्पताल बैतडीमा राखिएको छ । शवको सनाखत गरी भारत पठाउने तयारी गरिरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । 

    भारतीय सुरक्षाकर्मीसँग समन्वय गरी मृतकका आफन्तलाई खबर गरिसकेकाले आफन्त आएपछि मृतकको शव भारतमै पठाउने जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काले बताए । शवको पोष्टमार्टमसमेत भारतमै गरिने उनले बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij