Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै 

वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै 

  • 421
    SHARES
  • वृक्षारोपणले सुक्खा पहिरो हराभरा बन्दै 

    खोटाङ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका स्थानीयले सुक्खा पहिरोलाई हराभरा बनाएका छन् ।

    वर्षायाममा पहिरो गइरहने पहिरेनी पाखालाई स्थानीयले बृक्षारोपण गरेर हराभरा बनाएका हुन् । बस्तीतिर फैलिँदै गएको पहिरेनीमा दाल्फुका स्थानीयले १८ वर्षअघि बृक्षारोपण गरेका थिए । २०६० साल असारमा रोपिएको उत्तिसको बिरुवा बढेर पहिरो ढाक्न थालेको छ । बृक्षारोपणपछि रुखबिरुवा हुर्केका कारण हाल पहिरोसमेत नियन्त्रण भएको स्थानीय दुर्गप्रसाद राईले बताए । 

    हिउँदमा ठप्प हुने वर्षायाममा चल्ने पहिरोले करिब १२ रोपनीभन्दा बढि खेतीयोग्य जमिन बगाइसकेको छ । पहिरोका कारण केही घरसमेत जोखिममा छन् । वर्षेनी पहिरोले आकार लिँदै जाँदा बस्ती नै जोखिममा पर्न थालेपछि स्थानीयले बृक्षारोपण गरेका थिए ।

    पहिरो नियन्त्रणका विकल्पका लागि छलफल गर्दा चाँडो हुर्कने बिरुवा रोप्न उपयुक्त हुने निष्कर्ष निस्किएपछि उत्तिस, चिलाउने, लामपाते, साल लगायतका बिरुवा रोपिएको थियो । उत्तिसको रुख बढेपछि केही वर्षयता उत्तिसको बिरुवा आफै उम्रन थालेको स्थानीय बताउँछन् । पहिरेनीमा आफैँ सल्ला र चिलाउनेका बोटसमेत फैलिरहेका छन् । लगातार पहिरो गइरहन थालेपछि सो स्थानलाई पहिरेनी भन्न थालिएको हो । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij