Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ’

‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ’

  • चैत्र ६, २०७७ शुक्रवार १०:५७ बजे
  • 1.1K
    SHARES
  • ‘अक्सफोर्ड–एस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी छ’

    काठमाडौं । युरोपेली संघले औषधि नियामकले खोप लगाएका व्यक्तिहरुको तथ्यांक अध्ययन गरेपछि अक्सफोर्ड-एस्ट्राजेनेकाको खोप सुरक्षित र प्रभावकारी रहेको बताएको छ । कोरोना भाइरसविरुद्धको यस खोपको जोखिमभन्दा फाइदा धेरै रहेको निष्कर्ष इयूको औषधि नियामक निकाय (इएमए) ले निकालेको छ । 

    खोप लगाएका व्यक्तिमा रक्त जम्ने समस्या देखिएको भन्दै युरोपेली युनियनका १३ देशले अक्सफोर्ड–एस्ट्राजेनेका खोप प्रयोगमा रोक लगाएपछि इएमएले पुनः विवरणको अध्ययन गरेको हो । यसभन्दा अगाडि विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड-एस्ट्राजेनेका खोप सुरक्षित रहेकाले अभियान जारी राख्न आग्रह गरेको थियो । 

     

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij