वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा आएको विवरणअनुसार भारतमा कोरोना संक्रमणको दर घट्दै गएको देखिन्छ । लामो समयपछि भारतमा दैनिक संक्रमितको संख्या २० हजारभन्दा कम भेटिएको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार देशभर १९ हजार ७४० जना नयाँ संक्रमित थपिएका हुन् । यो अवधिमा २४८ जनाको संक्रमणकै कारण निधन भएको छ । हाल भारतमा सक्रिय संक्रमितको संख्या दुई लाख ३६ हजार ६४३ मात्र छ । भारतमा हाल भएका संक्रिय संक्रमितको संख्या २०६ दिन यताकै सबैभन्दा कम हो ।
भारतीय स्वास्थ्य मन्त्रालयले दुई हप्तादेखि दैनिक संक्रमितको संख्या ३० हजारभन्दा कम भएको जनाएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij