Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

सहरी विकास मन्त्रालयमा अनौठो संयोगः श्रीमती मन्त्री, श्रीमान उपसचिव  

सहरी विकास मन्त्रालयमा अनौठो संयोगः श्रीमती मन्त्री, श्रीमान उपसचिव  

  • आश्विन २२, २०७८ शुक्रवार २३:०१ बजे
  • 525
    SHARES
  • सहरी विकास मन्त्रालयमा अनौठो संयोगः श्रीमती मन्त्री, श्रीमान उपसचिव  

    काठमाडौं– शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको ८८ औं दिनमा मन्त्रिपरिषद्लाई पूर्णता दिए।  प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिए। ती १८ मध्ये एक थिइन्, नेकपा एकिकृत समाजवादीकी सचिव रामकुमारी झाँक्री। समाजवादीले पहिले उनलाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिन लागेको समचार बाहिरिएका थिए। तर, शुक्रबार दिउँसो उनी पर्यटनमन्त्री बन्ने समचार सार्वजनिक भए। तर, मन्त्रिपरिषद् विस्तार हुँदा उनको भागमा सहरी विकास मन्त्रालय पर्यो। 

    त्यसैले त पदभार ग्रहण पछि उनी भन्दै थिइन्, ‘पत्रपत्रिकाबाट विभिन्न मन्त्रालयको जिम्मेवारी पाएको सुन्न पर्यो। त्यही अनुसार मन्टालिटी बनाइयो। अन्ततः मैले यो मन्त्रालयको जिम्मेवारी पाएँ।’ उनले त्यसो भनिरहँदा उनका श्रीमान पुशपती पुरी सुनिरहेका थिए। पुरी झाँक्रीले सम्हालेको मन्त्रालयका उपसचिव हुन्। श्रीमतिले हाँकेको मन्त्रालयमा श्रीमान उपसचिव हुनु उनीहरुका लागि संयोग नै बनेको छ।  

    पदभार ग्रहण पछि झाँक्रीले सम्पूर्ण क्षमता लगाएर काम गर्नुपर्ने भन्दै बजेट फिर्ता पठाउने अवस्था आउन नदिन निर्देशन दिइन्। ‘भन्ने भन्दा धेरै सुन्ने, सुन्नेभन्दा धेरै गर्ने हो । के काम गर्न सकिन्छ गरौं,’ कर्मचारीहरूलाई निर्देशन दिँदै मन्त्री झाँक्रीले भनिन्, ‘सहरी विकास मन्त्रालयले बजेट समर्पण गर्‍यो भन्ने सुन्नु नपरोस् ।’ 
    मन्त्रालयका अधिकारी र मातहतका विभाग तथा आयोजना प्रमुखहरूलाई आफ्नो काम र योजनाबारे लिखितमा ब्रिफिङ गर्न पनि मन्त्री झाँक्रीले निर्देशन दिएकी छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij