वेबटिभी खबर
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर जम्मा १६ हजार ४२ नमुना परीक्षण गर्दा ९६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार ११ हजार ५८२ पीसीआर गर्दा ७६२ र ४ हजार ४६० जनाको एन्टीजेन परीक्षण गर्दा २०६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा ११ सय १४ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले ६ जनाको निधन भएको छ । त्यसैगरि, १ लाख ३२ हजार ८९६ जनालाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या १६ हजार २४८ जना रहेको छ । जसमध्ये १५ हजार ११७ जना होम आइसोलेसनमा र ११ सय ३१ जना संस्थागत आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा रहेकामध्ये ३३५ जना आइसियूमा र १२२ जना भेन्टिलेटरमा उपचारत छन् । यससँगै २३७ जना संस्थागत क्वारेन्टिनमा रहेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij