Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

यी कम्पनीको शेयर मूल्य बढ्यो

यी कम्पनीको शेयर मूल्य बढ्यो

  • 695
    SHARES
  • यी कम्पनीको शेयर मूल्य बढ्यो

    काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार शेयर बजारमा करेक्सन भएको छ । नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार मंगलबार बजार ४१ दशमलव ८४ अंकले बढेको हो ।

    एक दशमलव ६३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक दुई हजार ६१२ दशमलव ६५ अंकमा उक्लिएको छ । शेयर बजारमा  मंगलबार करेक्सन देखिए पनि कारोबार रकम भने निराशाजनक रह्यो ।

    मंगलबार २२३ कम्पनीको ५८ लाख ४२ हजार एक सय ३५ कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ९९ करोड ६८ लाख १९ हजार ६ सय ८३ रुपैयाँ बराबरको मात्र कारोबार भएको हो ।

    नेप्सेका अनुसार मंगलबार शिखर इन्स्युरेन्सको संस्थापक सेयरको उच्च कारोबार भएको छ । शिखरको १३ करोड ६६ लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक शेयर किनबेच भएको हो । 

    सबैभन्दा धेरै फाइनान्स समूह चार दशमलव १६ प्रतिशत अर्थात् ८६ दशमलव ९८ अंकले बढेको छ । मंगलबार बजार बढेको दिनमा ट्रेडिङ समूह मात्र ओरालो लागेको छ । ट्रेडिङ समूह ५६ दशमलव ०५ अंकले घटेको हो । अरु बाँकी सबै समूहमा हरियाली छाएको छ ।

    बजारमा करेक्सन आएको दिन मंगलबार विभिन्न सात कम्पनीको शेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । मल्टिप्रप्रोज फाइनान्स, समता घरेलु लघुवित्त र हिमालय पावरको शेयर मूल्य १०/१० प्रतिशतले बढेको हो ।

    त्यसैगरी, मैलुङ खोला जलविद्युत् नौ दशमलव ९७, सिभिल लघुवित्त नौ दशमलव ०४, छ्याङ्दी हाइड्रोपावर नौ दशमलव ८९ र जनउत्थान सामुदायिक लघुवित्तको शेयर मूल्य नौ दशमलव ८४ प्रतिशतले बढेको हो । 

    त्यसैगरी, एनआईसी एसिया लघुवित्त १० प्रतिशत, रिलायन्स लाइफ तीन दशमलव ३२ प्रतिशत र माउन्टेन इनर्जीको शेयर मूल्य तीन दशमलव ३० प्रतिशतले घटेको हो । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij