Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेको विधान महाधिवेशन

ओली राजनीतिक प्रतिवेदन पेस गर्ने, कार्यकर्ता निदाउने

ओली राजनीतिक प्रतिवेदन पेस गर्ने, कार्यकर्ता निदाउने

  • 595
    SHARES
  • ओली राजनीतिक प्रतिवेदन पेस गर्ने, कार्यकर्ता निदाउने

    काठमाडौं । नेकपा एमालेको प्रथम विधान महाधिवेशन शुक्रबारदेखि गोदावरीस्थित सनराइज हलमा जारी छ । महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । आफूले पेश गरेको राजनीतिक प्रतिवेदन करिब ३० मिनेट पढेपछि ओलीले उक्त प्रतिवेदन स्थायी कमिटी सदस्य शंकर पोखरेललाई वाचन गर्न दिएका थिए ।

    ओलीले प्रतिवेदन वाचन गरिरहेका बेला कतिपय कार्यकर्ताले चासो दिएर सुनेको देखिन्थ्यो भने केही कार्यकर्ता र प्रतिनिधिहरू हलमै निदाइरहेका छन् । रुघाखोकीका कारण समस्या भएकाले ओलीले बोल्न गाह्रो भएपछि शंकर पोखरेललाई सो प्रतिवेदन पढ्न दिएका हुन् । 

    आइतबारसम्म चल्ने महाधिवेशनमा केन्द्रीय कमिटीका पदाधिकारीसहित सदस्य, केन्द्रीय विभागबाट चुनिएका प्रतिनिधि, प्रदेश कमिटीका सबै सदस्य, जिल्ला कमिटीका प्रतिनिधि, संघ र प्रदेशका सांसद, पार्टीका तर्फबाट निर्वाचित जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुख, पार्टी सदस्य रहेका स्थानीय पालिकाका प्रमुख र उपप्रमुख, जनसंगठन र पेसागत संगठनहरूबाट चुनिएका प्रतिनिधि, भारतलगायत प्रवासका संघसंगठनहरूबाट चुनिएका प्रतिनिधि, पार्टी केन्द्रबाट विधानबमोजिम मनोनीत सदस्यहरू गरी ६ हजारभन्दा बढी प्रतिनिधि हलमा सहभागी रहेको एमालेले जनाएको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij