Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेको विधान महाधिवेशन

विधान महाधिवेशनमा ओलीले भने-अहिलेको एमाले नेकपाकै निरन्तरता

विधान महाधिवेशनमा ओलीले भने-अहिलेको एमाले नेकपाकै निरन्तरता

  • 489
    SHARES
  • विधान महाधिवेशनमा ओलीले भने-अहिलेको एमाले नेकपाकै निरन्तरता

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अहिलेको एमाले नेकपाको निरन्तरताको विरासत बोकेको पार्टी भएको बताएका छन् ।
    ललितपुर गोदावरीस्थित सनराइज हलमा जारी पार्टीको प्रथम विधान महाधिवेशन सम्मेलनलाई सम्बोधन गर्दै ओलीले एमाले नेकपाको निरन्तरताको सकारात्मक विरासत बोकेको पार्टी भएको बताएका हुन् ।

    ‘ नेकपाको एकता निष्कर्षमा पुग्न नसकेपछि हामी एमालेका रूपमा क्रियाशील छौं । तर, यो नेकपा एमाले राजनीतिकरूपमा एकीकरण र नेकपाको निरन्तरतासहितको सकरात्मक विरासत बोकेको पार्टी हो,’ ओलीले भने । उनले जारी विधान महाधिवेशन एकीकृत महाधिवेशन भएको समेत उल्लेख गरे । 

    उनले एमालेबाट बाहिरिनेहरू फुटपरस्त र संगठनात्मक अराजकता फैलाउनेहरू भएको दाबी गरे ।
     ‘एमालेबाट केही व्यक्तिहरू बाहिरिएका छन् । संगठनात्मक अराजकता र फुटलाई उनीहरूले प्रश्रय दिएका छन् । एमालेविरुद्ध संगठित प्रहार सुरू भएको छ । यसका लागि हामी एक ठाउँमा उभिन जरुरी छ,’ ओलीले भने ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij