वेबटिभी खबर
नयाँ दिल्ली । पछिल्लो २४ घण्टामा भारतमा २७ हजार ७२७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयकाअनुसार यस अवधिमा २८ हजार २४६ जना कोभिड-१९ संक्रमणमुक्त भएका छन् । त्यसैगरी, हाल सक्रिय संक्रमितको संख्या २ लाख ७५ हजार २२४ जना रहेको छ ।
हालसम्म भारतमा ३ करोड ३० लाख ४३ हजार १४४ जना कोभिड-१९ संक्रमणमुक्त भइसकेका छन् । त्यसैगरी, ५७ करोड ४ लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाइएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij