वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले बिहीबार पनि प्रतिनिधिसभा बैठक सुरु हुनेवित्तिकै नारावाजीसहित विरोध जनाएका छन् । एमालेका सांसदहरुले उठेर विरोध गर्दै रोष्टम घेराउ गर्न पुगेका थिए ।
सो क्रममा उनीहरुले एमालेले कारवाही गरेका सांसदहरुलाई सदनमा प्रवेश गराए विरोधमा नारावाजी गरेका थिए । एमाले सांसदको विरोधपछि सभामुख अग्नि सापकोटाले सहज रुपमा सभा सञ्चालन गर्नका लागि सहयोग गर्न अनुरोध गरे । उनले अदालतमा विचाराधीन विषयमा संसदमा छलफल नहुने भन्दै ध्यानाकर्षण पनि गराए ।
एमालेका सांसदहरुको विरोधकाबीच सभामुख सापकोटाले राष्ट्रपति कार्यालयबाट अध्यादेश खारेज तथा विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाएका थिए । त्यस्तै बैठकमा प्रधानमन्त्रीको तर्फबाट कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महालेखा परीक्षकको ५८ औँ बार्षिक प्रतिवेदन पेश गरे ।
प्रतिनिधिसभाको अर्को बैठक असोज १९ गते मंगलबार बोलाइएको छ । माधव नेपाललगायत १४ सांसदलाई पदमुक्त गर्न गरिएको सिफारिस सभामुखले कार्यान्वयन नगरेको भन्दै एमालेले निरन्तर रुपमा प्रतिनिधिसभा बैठक अवरुद्ध गर्दै आएको छ । फाइफ फाेटाे
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij