Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

अलिबाबापछि चिनियाँ सरकारको निशानामा टेक कम्पनीहरु 

अलिबाबापछि चिनियाँ सरकारको निशानामा टेक कम्पनीहरु 

  • चैत्र ४, २०७७ बुधवार १३:३१ बजे
  • 595
    SHARES
  • अलिबाबापछि चिनियाँ सरकारको निशानामा टेक कम्पनीहरु 

    बेइजिङ । चिनियाँ व्यापारी ज्याक माको कम्पनी अलिबाबा तथा एन्ट गु्रपपछि अब चीन सरकार अर्को टेक कम्पनीलाई कडा नियममा बाँध्ने तयारीमा रहेको बताइएको छ । चिनियाँ राष्ट्रपति सि जिनपिङले डेटा तथा बजारमाथि प्रभुत्व जमाएका ती कम्पनीविरुद्ध कारवाही गर्न सक्ने संकेत दिएका छन् । 

    राष्ट्रपति सि जिन पिङले चिनियाँ कम्युनिष्ट पार्टीका शीर्ष वित्तीय सल्लाहाकार तथा समन्वय समितिसँग बैठक गरेर इन्टरनेट कम्पनीमाथि निगरानी बढाउन र एकाधिकारविरुद्ध कारवाही गर्न नियामक एजेन्सीलाई आदेश दिएका छन् । उनले बजारमा स्वस्थ प्रतिस्पर्धालाई बढावा दिन तथा पूँजी विस्तारमा रोक लगाउन निर्देशन दिएका हुन् । यी कम्पनीमा मोबाइल तथा इन्टरनेट, फुड डेलिभरी, इकमर्स, डिजिटल कारोबार गर्नेहरु छन् । यी कम्पनीका ग्राहक करोडौं रहेको छ, अर्बौं डलरको कारोबार हुन्छ । 

  • सम्बन्धित विषय:

  • # चीन सरकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij