Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

रियल मड्रिड रोकियो, एट्लेटिको पराजित

रियल मड्रिड रोकियो, एट्लेटिको पराजित

  • आश्विन १०, २०७८ आइतवार ०८:५७ बजे
  • 584
    SHARES
  • रियल मड्रिड रोकियो, एट्लेटिको पराजित

    काठमाडौं ।  स्पेनिस ला लिगामा साविक विजेता एट्लेटिको मड्रिड पराजित हुँदा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

    शनिबार राति भएको खेलको रियल भिल्लारियलसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदानमा रियल पाएका सदुपयोग गर्न नसक्दा दोस्रो बराबरी खेल्न पुगेको हो । 

    बराबरीसँगै अपराजित रहेको  रियल शीर्ष स्थानमा यथावत छ  । उसले ७ खेलबाट १७ अंक बनाएको छ । भिल्लारियल ६ खेलबाट ८ अंक सहित १०औँ स्थानमा छ ।

    शनिबार नै भएको खेलमा साविक विजेता एट्लेटिको डिपोर्टिभो अलाभेससँग १–० गोल अन्तरले पराजित भएको छ । अलाभेसका भिक्टोर लागुअर्डियालेले चौथो मिनेटमा गरेको गोल नै निर्णायक गोल रह्यो । बाँकी समय एट्लेटिकोले खेलमा पकड जमाए पनि गोल भने गर्न सकेन ।

    ७ खेलबाट १४ अंक बनाएको एट्लेटिको तेस्रो स्थानमा छ । पहिलो तीन अंक जोडेको अलाभेस भने रेलिगेशन जोनमा छ । 

    शनिबार राति नै ला लिगाका अन्य खेलमा भ्यालेन्सिया र एट्लेटिको बिल्वाओले १–१ गोलको बराबरी खेले । सेभियाले भने इस्पान्योललाई २–० गोल अन्तरले पराजित गरेको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij