वेबटिभी खबर
काठमाडौ । स्यानिटरी प्याडमा कर लगाउने कुनै निर्णय वा प्रावधान थप नभएको अर्थमन्त्रालयले जनाएको छ ।
स्यानिटरी प्याडमा कर लगाइएको विरोधमा प्रदर्शन सुरु भएपछि अर्थमन्त्रालयका अधिकारीले कर नलगाइएको स्पष्ट पारेका हुन् ।
प्याडमा कर लगाएको भन्दै विरोध सुरु भएपछि अर्थमन्त्री जनार्दन शर्माले के कसो भएको हो ? भनेर मन्त्रालयमा चासो राखेको स्रोतले बतायो ।
‘उहाँ यो विषयमा गम्भीर हुनुहुन्छ,’ मन्त्रालयका एक अधिकारीले भने, ‘पहिला जे थियो त्यसमा कुनै पनि प्रावधान परिवर्तन नभएको हामीले बतायौं ।’
मन्त्री शर्माले नेपालमै कसैले सेनिटरी प्याड उत्पादन गर्छ भने सरकारले त्यसलाई सहयोग गर्ने पनि बताएको ती अधिकारीले जानकारी दिए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij