Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

कोरोना भाइरस संक्रमित व्यक्तिमा डिलीरियमको जोखिम : अध्ययन

कोरोना भाइरस संक्रमित व्यक्तिमा डिलीरियमको जोखिम : अध्ययन

  • 700
    SHARES
  • कोरोना भाइरस संक्रमित व्यक्तिमा डिलीरियमको जोखिम : अध्ययन

    एजेन्सी । अमेरिकाको अस्पतालमा भर्ना भएका १५० जना कोरोना भाइरस संक्रमितको अध्ययनमा ७३ प्रतिशत संक्रमितमा डिलीरियम नामक रोग भएको पत्ता लागेको छ । पत्रिका बीएजे ओपनमा प्रकाशित अध्ययनकाअनुसार डिलीरियमका बिरामी उच्च रक्तचाप र मधुमेह जस्ता रोगबाट पनि पिडित हुन्छन् । यस्ता मानिसहरुमा कोभिड-१९ सम्बन्धित लक्षणहरु पनि गम्भिर रुपमा देखा पर्छन् ।  

    मिशिगन विश्वविद्यालयका लेखक फिलिप व्लीसाइड्सकाअनुसार कोभिड-१९ संक्रमणको सम्बन्ध अन्य केही प्रतिकूल स्थितिसँग पनि रहेको छ । जसकारण भाइरस संक्रमित व्यक्तिलाई लामो समयसम्म अस्पताल भर्ना हुनु पर्ने अवस्था छ । यस अध्ययनमा एक चौथाई संक्रमित व्यक्तिहरु अस्पतालबाट डिस्चार्ज भएपनि उनीहरुमा सोचने, सम्झिने क्षमतामा ह्रास आएको देखिएको लेखक फिलिपले जनाए । 

    करिब एक चौथाई कोरोना भाइरस संक्रमणमुक्त व्यक्तिहरुमा डिलीरियमको समस्या देखिएको अध्ययनले जनाएको छ । कोभिड-१९ संक्रमणको गम्भिर लक्षणकासाथ अस्पताल भर्ना हुने व्यक्तिमा डिलीरियमको समस्या हुने अध्ययनको निष्कर्ष रहेको छ । 

    के हो डिलीरियम ?
    डिलीरियम चित्तविभ्रमको एक गम्भिर स्थिति हो । जसमा दिमागले सही तरिकाले काम नगर्दा व्यक्ति भ्रम, उत्तेजनामा रहनुकासाथै स्पष्ट रुपमा सोच्न र सम्झिन सक्दैन । अध्ययनकर्ताहरुले मार्च र मे २०२० को बिचमा आइसियूमा भर्ना भएका संक्रमित संक्रमणमुक्त भएपछि निरन्तर फलो गरेका थिए ।  डिलीरियमको कारणले दिमागमा अक्सिजनको कमी र रगत जम्मा भएर सोच्ने, सम्झिने क्षमतामा समस्या आउने अध्ययनकर्ताले पत्ता लगाएका छन् । अध्ययनकर्ताकाअनुसार डिलीरियमका बिरामीको दिमाग सुन्निन्छ । जसकारण भ्रम र बेचैनी बढ्ने गर्छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij