Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

सेयर बजारमा हरियाली, १०४ दशमलव ८८ अंकको वृद्धि

सेयर बजारमा हरियाली, १०४ दशमलव ८८ अंकको वृद्धि

  • 526
    SHARES
  • सेयर बजारमा हरियाली, १०४ दशमलव ८८ अंकको वृद्धि

    काठमाडौं । आज साताको चौथो दिन बुधबार सेयर बजारमा हरियाली छाएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार सेयर कारोबार मापक नेप्से परिसूचक १०४.८८ अंकले बढेर २८१६.९५ मा पुगेको छ । नेप्से ३.८७ प्रतिशतले बढेको हो ।

    यस्तै, सेन्सेटिभ परिसूचक १९.४७ अंकले बढेर ५२८.१० मा पुगेको छ । आज कुल २१७ वटा कम्पनीको एक करोड २१ लाख २२ हजार २ सय ९८ कित्ता सेयर खरीद बिक्री हुँदा ६ अर्ब १७ करोड ९३ लाख एक सय ५८ रुपैयाँको कारोबार भएको नेप्सेले जनाएको छ ।

    स्टककाअनुसार कारोबार भएका कुल १३ उपसमूहमध्ये सबै उपसमूहको सूचक बढेको छ । सबैभन्दा धेरै फाइनान्स समूह ८.५४ प्रतिशतले बढेको छ । आज बुधबार अरूण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडको नै सर्वाधिक कारोबार भएको छ । 

    कम्पनीको २३ करोड ३४ लाख रूपैयाँको कारोबार भएको छ । एक्सचेन्जकाअनुसार आज नेप्से परिसूचक १०० अंक भन्दा धेरैले बढ्दा कारोबार हुने १३ वटै उपसमूह बढेको छ । बुधबार १३ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा घट्ने कम्पनीहरूमा जम्मा ४ वटा कम्पनी छन् । जसमध्ये, २ वटा डिबेञ्चर र २ वटा म्युचुअल फण्ड रहेका छन् । आज सबैभन्दा धेरै फाइदा गर्नेमा वेस्ट फाइनान्सका लगानीकर्ता रहेका छन् । कम्पनी ४५ दशमलव ४० अंकले फाइदामा गएको हो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij