वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमाले केन्द्रीय कमिटी सदस्य गोकुल बास्कोटाले नेकपा एकीकृत समाजवादीको अस्तित्व केही दिनमै समाप्त हुने दाबी गरेका छन् । पोखरामा पत्रकारहरूसँगको अन्तरक्रियामा नेता बास्कोटाले यस्तो दाबी गरेका हुन् ।
‘माधव नेपालको पार्टीको अस्तित्व केही दिनमै समाप्त हुन्छ । उनको पार्टी घाम नझुल्किदासम्मको शीतकाृ थापाजस्तो हो, घाम झुल्किएपछि सकिन्छ,’ उनले भने । आउँदो आमनिर्वाचनमा नेकपा एसले एउटा पनि सीट नजित्ने बास्कोटाले जिकिर गरे ।
‘निर्वाचनपछि माधव नेपालको पार्टीको अस्तित्व सकिन्छ,’ उनले भने, ‘भ्रममा परेर माधव नेपालको पछि लागेकाहरू केही समयमै एमालेमा फर्किनेछन् । एमाले फुटेको होइन नेकपाले काँचुली फेरेको हो, कोइली कराउँदै गर्दा पार्टीले नयाँ पालुवा फेर्छ ।’ अध्यादेशले बनाएको पार्टी र परमादेशले बनाएको सरकारलाई आउँदो निर्वाचनपछि एमालेले जनमतद्वारा हटाउने बास्कोटाको भनाइ छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij