वेबटिभी खबर
काठमाडौं । यातायात व्यवस्था कार्यालय, सवारी चालक अनुमति पत्र लुम्बिनी प्रदेश कार्यालयले परीक्षणकालीन अनुमति पत्र वितरण सुरु गरेको छ ।सोमबार एक कार्यक्रमबीच लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले परीक्षणकालीन अनुमति पत्रको शुभारम्म गरका हुन् ।
शुभारम्म कार्यक्रममा बोल्दै मुख्यमन्त्री केसीले लुम्बिनी प्रदेशमा अब प्रदेशमा एकै प्रकारको सवारी चालक अनुमति पत्र लागु गरिने बताए । उनले नवीकरण र नयाँ सवारी चालक अनुमति पत्र एकै प्रकारको लागु गरिने बताउदै सवारी चालक अनुमति प्राप्त व्यक्तिले संसारको जुनै ठाउँमा पनि रोजगारी प्राप्त हुने वातारण सिर्जना गर्न पहल गर्ने जानकारी गराए ।
केसीले प्रदेशमा असरल्ल परेको यातायात प्रणालीमा सुधार आउने दाबी गरे । केसीले अब चाडै नै लुम्बिनी प्रदेशका अन्य स्थानबाट पनि सवारी चालक अनुमति पत्र वितरण गर्ने कार्यलाई तीव्रता दिने बताउदै यातायात क्षेत्रमा देखिएको समस्या समाधान गर्न प्रदेश सरकार लागिरहेको बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij