Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

पूर्वयुवराज्ञी हिमानीद्वारा विद्यार्थीहरूलाई सहयाेग [फाेटाेहरूसहित]

पूर्वयुवराज्ञी हिमानीद्वारा विद्यार्थीहरूलाई सहयाेग [फाेटाेहरूसहित]

  • 1.1K
    SHARES
  • पूर्वयुवराज्ञी हिमानीद्वारा विद्यार्थीहरूलाई सहयाेग [फाेटाेहरूसहित]

    काठमाडौं । हिमानी ट्रष्टले जनकपुरधाममा विद्यार्थीहरूलाई खानेपानीका बोतल वितरण गरेको छ । पूर्वयुवराज्ञी हिमानी शाहको नेतृत्वमा सोमबार जनकपुरधामस्थित श्री सकल भवन कन्या माध्यमिक विद्यालयमा अध्यनरत छात्राहरूलाई पानी स्वतः शुद्ध गर्ने बोतल वितरण गरेकी हुन् ।

    खानेपानी बोतल वितरण गर्न पुगेकी पूर्वयुवराज्ञी शाहले कन्या माध्यमिक विद्यालयमा अध्ययनरत छात्राहरूसँग छलफल गरी उनीहरूको मनोबल बढाएकी छिन् ।

    himani1.jpg

    विद्यार्थीहरूसँग छलफल गरेकी शाहलाई स्कुलका प्रधानाध्यापकले विद्यालयका भौतिक समस्याबारे जानकारी गराएका थिए । हिमानी ट्रष्टका संयोजक उत्तम निरौलाले आफूहरू पाँचवटा क्षेत्रमा काम गरिरहेको बताए ।

    ‘हामी फरक खालको कार्यक्रमको सुरुवात गर्न गइरहेका छौं । यसका लागि शिक्षाको केन्द्रबिन्दु मिथिला नगरी जनकपुरधामबाट सानो सुरुवात गरेका हौं,’ उनले भने ।

    निरौलाले ट्रष्टले वितरण गरेको बोतलमा अशुद्ध पानी राखेपनि पानीमा भएको ब्याक्टेरिया, आर्सेनिकलगायतका पदार्थ नष्ट हुने भएकोले बोत्तल विद्यार्थीको स्वास्थ्यका लागि उपयोगी हुने स्पष्ट पारे । पूर्वयुवराज्ञी शाह ट्रष्टको कार्यक्रमको लागि आइतबार नै जनकपुरधाम पुगेकी थिइन् ।

    himani2.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij