Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

संविधान दिवस वहिष्कार गरेको लोसपाले कालो दिनका रूपमा वृहत् विचार गोष्ठी आयोजना गर्दै

संविधान दिवस वहिष्कार गरेको लोसपाले कालो दिनका रूपमा वृहत् विचार गोष्ठी आयोजना गर्दै

  • 856
    SHARES
  • संविधान दिवस वहिष्कार गरेको लोसपाले कालो दिनका रूपमा वृहत् विचार गोष्ठी आयोजना गर्दै

    काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले आइतबार वृहत विचार गोष्ठी आयोजना गरेको छ । ३ असोजमा संविधान दिवसलाई कालो दिनका रूपमा मनाउँदै पार्टीले विचार गोष्ठी आयोजना गरेको हो ।

    ३० असोजमा पार्टीका अध्यक्ष महन्थ ठाकुरले आइतबार कालो दिनका रूपमा मनाउन सबै जिल्ला कमिटीलाई सर्कुलर गरेका थिए । संविधानमा पिछडा वर्ग, मुस्लिम, आदिवासी, जनजाति, मधेसीलगायत सीमान्तकृत जनताको पहिचान र अधिकार नसमेटिएको भन्दै लोसपाले संविधानप्रति असन्तुष्टि जनाउँदै आएको थियो ।

    ‘आजको विचार गोष्ठीमा संविधानमा कायमै रहेको मधेसी जनताको अधिकार र पहिचानविरुद्ध विभेदकारी धारा र व्यवस्थाका बारेमा शीर्ष नेताहरूले विचार व्यक्त गर्नुहुनेछ,’ पार्टीका केन्द्रीय सदस्य केशव झाले भने ।

    पार्टीको बागमती प्रदेश कमिटीले केन्द्रीय कार्यालय बबरमहलमा दिउँसो साढे १२ बजे गोष्ठी आयोजना हुने झाले जानकारी दिए ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij