वेबटिभी खबर
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले संविधान दिवसको दिन ३ असोजमा ‘ब्ल्याक आउट’ गर्न सर्कुलर जारी गरिएको छ । पार्टी अध्यक्ष महन्थ ठाकुरले ३ असोजलाई ‘कालो दिन’का रूपमा मनाउन सबै जिल्ला कमिटीलाई सर्कुलर गरेका हुन् ।
अपूर्ण संविधानमा संशोधन गरी आफ्ना मुद्दाहरु सम्वोधनार्थ ३ असोजमा विरोधका कार्यक्रमहरू गर्न उनले पत्र पठाएर जिल्ला संयोजकहरूलाई निर्देशन दिएका छन् ।
‘संविधानमा आफ्ना असहमति राखी हामीले संघर्षहरू गर्दै आएका छौं । त्यस दौरान कयौं वीर सपूतहरुले सहादत प्राप्त गरेको इतिहास कसैबाट लुकेको छैन,’ सर्कुलरमा उल्लेख छ, ‘यस वर्ष पनि ३ असोजमा आ–आफ्नो जिल्ला, पालिका, क्षेत्र, वडाहरूमा कोभिड– १९ लाई मध्यनगर गरी आफूलाई अनुकल हुने खालका कोणसभा, आमसभा, जनप्रदर्शन, अन्तरक्रिया, विचारगोष्ठी, ब्ल्याक आउटजस्ता कार्यक्रमहरू गरी कालो दिनका रूपमा मनाउन सबै जिल्लाहरूलाई आग्रह गर्दछौं ।’

Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij