वेबटिभी खबर
काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमवार बजार खुलेको एक घण्टाको अवधिमा कारोबारमा आएका २१४ ओटा कम्पनी मध्ये नबिल बैंकको सर्वाधिक शेयर खरीदबिक्री भएको छ ।
सो अवधिमा कम्पनीको रू. २२ करोड ४० लाख २७ हजार बराबरको शेयर खरीदबिक्री भएको हो । यो समचार तयार पर्दासम्म कम्पनीको शेयर मूल्य प्रतिकित्ता रू. १ हजार ४५४ मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कम्पनीको शेयरमूल्य १४ रुपैयाँले बढेको हो ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij