Logo

२०८३, मंसिर ५ गते शुक्रवार

२०८३, मंसिर ५ गते शुक्रवार

एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवा पहिले एमाले अध्यक्ष ओली भेट्दै

एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवा पहिले एमाले अध्यक्ष ओली भेट्दै

  • 598
    SHARES
  • एमसीसी प्रतिनिधिमण्डलले प्रधानमन्त्री देउवा पहिले एमाले अध्यक्ष ओली भेट्दै

    काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारसहितको प्रतिनिधिमण्डलले बिहीबार राजनीतिक दलका शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम छ । 

    यसैबीच बिहीबार दिउँसो २ बजे प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग उनकै निवास बालकोटमा भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । ओलीसँग भेटेपछि आजै प्रधानमन्त्री शेरबहादुर देउवासहित अन्य राजनीतिक दलका शीर्ष नेताहरूसँग भेट र छलफलको कार्यक्रम छ । एमसीसीका बारेमा जनस्तरबाट विरोध भएपछि अनुदान सम्झौताबारे स्पष्ट पार्न सुमारसहितको प्रतिनिधि मण्डल काठमाडौं आएको हो । 

    बिहीबार बिहान काठमाडौं उत्रिएको सुमार नेतृत्वको टोलीले आजै अमेरिकी राजदूत बेरीसँग पनि भेट्ने कार्यक्रम रहेको अमेरिकी दूतावासले जनाएको छ । एमसीसी प्रतिनिधिहरू आउनेक्रममा बिहानै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलअघि नाराबाजीसहित विरोध प्रदर्शन भएको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij