Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा, मन्त्रीको लिस्ट तयार 

मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा, मन्त्रीको लिस्ट तयार 

  • 1.0K
    SHARES
  • मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवा, प्रचण्ड र माधव छलफलमा, मन्त्रीको लिस्ट तयार 

    काठमाडौं । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन र अन्य समसामयिक विषयमा छलफल गर्न बैठक बसिरहेको प्रधानमन्त्रीका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

    बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल सहभागी छन् ।

    जसपाका अध्यक्ष उपेन्द्र यादव काठमाडौं उपत्यकाबाहिर रहेकाले बैठकमा उपस्थित नरहेको स्वकीय सचिव देउवाले बताए । सत्ता गठबन्धनका नेताहरुको बैठकले मन्त्रिपरिषद्बारे टुंगो लगाउन नसकेपछि शीर्ष नेतालाई टुंग्याउन जिम्मेवारी दिइएको छ ।

    सत्ता गठबन्धनमा मन्त्रालय संख्या र कुन-कुन मन्त्रालय लिने भन्ने विषय टुंगिन सकेको छैन । जसका कारण मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन । गठबन्धनमा आबद्ध सबै दलबाट मन्त्रीको लिस्ट भने तयार भइसकेको स्रोतको भनाइ छ ।   

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij