वेबटिभी खबर
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ६७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४६७, भक्तपुरमा ७१ र ललितपुरमा १२९ जनामा संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर २२ सय ७४ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २३ जनाको दुःखद निधन भएको छ । आज देशभर १ लाख ६४ हजार ३०२ जनामा कोरोनाविरुद्धको खोप लगाइएको छ । हाल सक्रिय संक्रमितको संख्या ३३ हजार ६ रहेको छ ।
हालसम्म नेपालमा ८ लाख ५१ हजार ९६४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७ लाख २३ हजार ४५६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १० हजार ८०९ जनाको निधन भएको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij