Logo

२०८३, कार्तिक ३० गते आइतवार

२०८३, कार्तिक ३० गते आइतवार

सिन्धुपाल्चोकमा पहिरो,  हेलम्बु सडक फेरि बन्द

सिन्धुपाल्चोकमा पहिरो,  हेलम्बु सडक फेरि बन्द

  • भाद्र १८, २०७८ शुक्रवार १०:२८ बजे
  • 466
    SHARES
  • सिन्धुपाल्चोकमा पहिरो,  हेलम्बु सडक फेरि बन्द

    सिन्धुपाल्चोक– सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१३ मेलम्ची–जिरोकिलो सडक खण्डस्थित फटकशिला रातोपहरोमा फेरि पहिरो खसेको छ ।

    पहिरो खस्दा हेलम्बु मार्ग फेरि अवरुद्ध भएको छ । लगातारको वर्षाले निरन्तर पहिरो खस्न थालेपछि सडक अवरुद्ध भएको हो । 

    इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक टीकाराम राईका अनुसार लगातारको झरीका कारण पहिरो पन्छाउन सकिएको छैन  । यद्यपि, वैकल्पिक बाटो प्रयोग गरेर आवातजावत भइरहेको छ ।  सिन्धुपाल्चोकमा १ असारमा बाढीपहिरोले मेलम्ची बजार बगाएको थियो । त्यसयता मेलम्ची क्षेत्रमा नियमित जसो बाढीपहिरो गइरहेको छ ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij