वेबटिभी खबर
काठमाडौं । पूर्वमन्त्री एवम् एमालेका नेता गोकुल बाँस्कोटाको निर्वाचन क्षेत्रका दुवै प्रदेश सांसद नेकपा(एकीकृत समाजवादी)मा लागेका छन् । बाँस्कोटाको निर्वाचन क्षेत्र काभ्रे २ को प्रदेश निर्वाचन क्षेत्र-१ का लक्ष्मण लम्साल र प्रदेश निर्वाचन क्षेत्र-२ का बसुन्धरा हुमागाईं दुवैले एकीकृत समाजवादी रोजेका छन् ।
२०७४ को निर्वाचनमा लम्सालले २७ हजार ६ सय २१ मत ल्याएका थिए भने हुमागाईंले २८ हजार ६ सय ७७ मत ल्याएकी थिइन् । एमाले विभाजनपछि बागमती प्रदेशका १२ सांसदले एकीकृत समाजवादी रोजेका छन्।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij