Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

चीनमा ‘ओभरटाइम’ काम लगाउने कम्पनीलाई कारबाही गरिने

चीनमा ‘ओभरटाइम’ काम लगाउने कम्पनीलाई कारबाही गरिने

  • 563
    SHARES
  • चीनमा ‘ओभरटाइम’ काम लगाउने कम्पनीलाई  कारबाही गरिने

    बेइजिङ । चिनियाँ अर्बपति एवं अलिबाबाका संस्थापक ज्याक माले केही समय पहिला वर्क कल्चरको वकालत गरेका थिए । उनले ‘९९६ वर्क कल्चर’ को वकालत गरे । ९९६ को अर्थ बिहान ९ बजेदेखि राति ९ बजेसम्म साताको ६ दिन काम गर्ने वर्क प्लेस भन्ने हो । तर अब चीनका अधिकारीले कम्पनीहरुलाई कडा चेतावनी जारी गर्दै अधिक समय काम लगाउनु गैर कानुनी हुने बताएका छन् । 

    चीनको शीर्ष अदालत एवं श्रम मन्त्रालयले श्रम विवादसँग सम्बन्धित १० अदालती फैसलाको अध्ययन गरेर श्रमिकलाई ओभरटाइम काम गर्न बाध्य बनाएको बताएको छ । यी मुद्दाहरु कुनै विशेष क्षेत्रको मात्र थिएन ।

    मिडिया, कन्स्ट्रक्सनजस्ता धेरै क्षेत्रमा कर्मचारीलाई कार्यालय समयभन्दा धेरै समय काममा लगाएका विवादहरु अध्ययनपछि यस्तो निर्णय लिएको हो । 

    जारी गरेको सूचनामा कानुनीरुपमा श्रमिकसँग सम्बन्धित मुआब्जा, आरामको समय, छुट्टिको अधिकार कर्मचारीलाई दिनुपर्ने भन्दै कम्पनीलाई चेतावनी दिइएको छ । साथै श्रम विवाद कम गर्न अतिरिक्त दिशानिर्देश पनि चिनियाँ अधिकारीले जारी गर्ने भएका छन् ।

    चीनको श्रम कानुनअनुसार एक दिनमा कम्तिमा ८ घण्टा काम गर्ने प्रावधान छ भने साताभर अधिकतम ४४ घण्टासम्म काम गर्ने नियम छ । यसभन्दा अधिक घण्टा काम गर्ने व्यक्तिलाई अतिरिक्त पारिश्रमित दिनु आवश्यक छ । तर यसको पूर्णरुपमा पालना हुन सकेको छैन । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij