Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन

सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन

  • भाद्र १७, २०७८ बिहिवार १०:२१ बजे
  • 476
    SHARES
  • सुनसरीको गढी गाउँपालिकाका वडाध्यक्षको निधन

    इनरुवा– सुनसरीको गढी गाउँपालिका–१ का वडाध्यक्ष शङ्करप्रसाद चौधरीको निधन भएको छ ।  उनको विराटनगरको विराट टिचिङ अस्पतालमा उपचारका क्रममा निधन भएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद यादवले बताए । 

    चौधरी मुटुसम्बन्धी समस्याका कारण अस्पताल भर्ना भएका थिए । चौधरी २०७४ सालको स्थानीयतहको निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए।  चौधरीका श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । वडाध्यक्षको निधनमा गाउँपालिकाले आज शोक बिदा दिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij