वेबटिभी खबर
काठमाडौं । मंगलबार काठमाडौं उपत्यकामा ५६४ जनामा कोभिड–१९ पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ४१३, भक्तपुरमा ६४ र ललितपुरमा ८७ जनामा संक्रमण पुष्टि भएको हो । यस अवधिमा देशभर १७ सय ८६ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले २० जनाको निधन भएको छ ।
हालसम्म नेपालमा ८ लाख ४६ हजार १५२ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको छ । त्यसैगरि ७ लाख १६ हजार ३०६ जना संक्रमणमुक्त भएका छन् । यस संक्रमणको चपेटामा परेर १० हजार ७५० जनाको निधन भएको छ । यससँगै ५३ लाख ३९ हजार २५२ जनाले भाइरसविरुद्धको खोपको पहिलो डोज लगाएका छन् भने ४४ लाख ५९ हजार ७६१ जनाले खोपको पूर्ण डोज लगाएका छन् । कोरोना निको हुने दर ९३।९ प्रतिशत रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij