वेबटिभी खबर
काठमाडौं । बिहीबार काठमाडौं उपत्यकामा ७३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार काठमाडौंमा ५६१, ललितपुरमा १०६ र भक्तपुरमा ६६ जनामा कोभिड–१९ संक्रमण पुष्टि भएको हो ।
यस अवधिमा देशभर १ हजार ९२९ जना संक्रमणमुक्त भएका छन् संक्रमणको कारणले २६ जनाको निधन भएको छ । हाल सक्रिय संक्रमितको संख्या ३८ हजार ३८४ रहेको छ ।
हालसम्म नेपालमा ८ लाख ३६ हजार ८८३ जनामा कोेभिड–१९ संक्रमण पुष्टि भएको छ । यसैगरि ७ लाख ५ हजार ८९३ जना संक्रमणमुक्त भएका छन् भने संक्रमणको कारणले १० हजार ६३८ जनाको निधन भएको छ । नेपालमा कोरोना निको हुने दर ९३।५ प्रतिशत रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij