Logo

२०८३, मंसिर ४ गते बिहिवार

२०८३, मंसिर ४ गते बिहिवार

कोरोना विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा शुक्रबारबाट लगाइने

कोरोना विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा शुक्रबारबाट लगाइने

  • 709
    SHARES
  • कोरोना विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो मात्रा शुक्रबारबाट लगाइने

    काठमाडौं । कोरोना विरुद्धको ‘भेरोसेल’ खोपको दोस्रो डोज आउँदो शुक्रबारबाट लगाइने भएको छ । यो खोप अभियान ३ दिनसम्म सञ्चालन हुनेछ ।  स्वास्थ्य कार्यलय काठमाडौंकाअनुसार ५० वर्ष वा सो भन्दा माथीका समुहका नागरिकलाई भाइरसविरुद्धको दोस्रो डोज दिइने छ । 

    यसकासाथै विश्व विद्यालय र विद्यालयका प्राध्यापक,शिक्षक, कर्मचारी, सार्वजनिक यातायातका चालक र सहचालक, नेपाल सरकारले तोकेका अत्यावश्यक सेवामा कार्यरत व्यक्ति, खोप अनिवार्य गरेका देश जाने नेपाली नागरिक तथा यसअघि भेरोसेलको दोस्रो मात्रा लगाउन छुट भएका अन्य व्यक्तिहरुलाई लगाइनेछ । 

    खोप लगाउन जाँदा भेरोसेलको पहिलो डोज लगाएको खोप कार्ड र विद्युतीय दर्ता गरेको प्रिन्ट वा फाटोसहितको नम्बर अनिवार्य लैजानु पर्नेछ । यसकासाथै कार्यलयले यस भाइरविरुद्धको खोप अभियानमा खोपको पहिलो डोज नदिइँने जनाएको छ ।

    bigyapti.jpgbigyap.jpg

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij