Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

चार महिनाभित्रै नेपाल र प्रचण्ड नेतृत्वको पार्टीबीच एकीकरण हुँदै, बाबुराम, वैद्य र विप्लवलाई पनि जोड्ने तयारी

चार महिनाभित्रै नेपाल र प्रचण्ड नेतृत्वको पार्टीबीच एकीकरण हुँदै, बाबुराम, वैद्य र विप्लवलाई पनि जोड्ने तयारी

  • 2.4K
    SHARES
  • चार महिनाभित्रै नेपाल र प्रचण्ड नेतृत्वको पार्टीबीच एकीकरण हुँदै, बाबुराम, वैद्य र विप्लवलाई पनि जोड्ने तयारी

    काठमाडौं । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र पुष्पकमल दाहाल (प्रचण्ड) नेतृत्वको नेकपा माओवादी केन्द्रबीच एकता हुने भएको छ । नेकपा एस पार्टीका केन्द्रीय सदस्य मेटमणि चौधरीले अबको चार महिनामै माओवादी केन्द्रसँग आफूहरूको पार्टी एकीकरण हुने बताए । 

    नयाँ दल सनााखतका लागि बुधबार निर्वाचन आयोग पुगेका चौधरीले सञ्चारकर्मीहरूसँग बोल्दै यस्तो बताएका हुन् । ‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ,’ उनले भने, ‘यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ । हामीबीच कुरा अघि बढेको छ ।’ 

    यस्तै डा.बाबुराम भट्टराई, मोहन वैद्य किरण, नेत्रविक्रम चन्द (विप्लव), मोहनविक्रम सिंह नेतृत्व सहितका कम्युनिस्ट घटकबीच पनि एकता गरेर बलियो पार्टी बनाउने चौधरीको भनाइ छ । ‘माओवादीका साथै साना दलहरूसँग पनि हामी एकताको प्रक्रियामा छौं,’ उनले भने, ‘अबको चार महिनामै हामी देशको सबैभन्दा ठूलो पार्टी बन्नेगरी अघि बढेका छौं ।’

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij