Logo

२०८३, मंसिर ३ गते बुधवार

२०८३, मंसिर ३ गते बुधवार

प्रचण्ड र माधव नेपाल आउने भएपछि सर्लाहीका तीन स्थानीय तहले दिए सार्वजनिक बिदा

प्रचण्ड र माधव नेपाल आउने भएपछि सर्लाहीका तीन स्थानीय तहले दिए सार्वजनिक बिदा

  • फाल्गुण ६, २०७७ बिहिवार ११:२१ बजे
  • 854
    SHARES
  • प्रचण्ड र माधव नेपाल आउने भएपछि सर्लाहीका तीन स्थानीय तहले दिए सार्वजनिक बिदा

    सर्लाही । नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल श्रद्धाञ्जली कार्यक्रममा सहभागी हुने भएपछि सर्लाहीका तीन वटा स्थानीय तहले बिहीबार सार्वजनिक बिदा दिएका छन् ।

    बिदा दिने तीनवटै स्थानीय तहका प्रमुखहरु प्रचण्ड-नेपाल समूहका हुन् । हरिपुर नगरपालिका, बागमती नगरपालिका र बरहथवा नगरपालिका कार्यालयले आफ्नो नगरक्षेत्रमा एक दिन बिदा दिएका हुन् ।

    सवारी दुर्घटनामा निधन भएका नेकपाका सर्लाही इन्चार्ज एवं केन्द्रीय सदस्य डाचाराज वाग्लेको श्रद्धाञ्जली सभामा सहभागी हुन प्रचण्ड र नेपाल सर्लाही गएका छन् ।

    हरिपुर नगरपालिका-१ स्थित हजारबिगाहामा वाग्लेको तेह्रौं पुण्यतिथिका अवसरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो ।

    वाग्लेको २१ गते राति बरहथवा नगरपालिका-९, स्थित नयाँरोड-बरहथवा सडकखण्डमा पर्ने मूर्तिया जंगल नजिक दुर्घटनामा परि मृत्यु भएको थियो ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij