वेबटिभी खबर
नयाँ दिल्ली । भारतमा पछिल्लो २४ घण्टामा ३६ हजार ५७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो अवधिमा ३६ हजार ५५५ जना संक्रमणमुक्त भएका छन् ।
गत सोमबारको तुलनामा त्यसयता दैनिक संक्रमित बढे पनि निको हुने दर पनि उल्लेख्य छ । त्यसले गर्दा सक्रिय संक्रमितको संख्या भने घट्दो क्रममा छ ।
हाल भारतमा सक्रिय संक्रमितको संख्या ३ लाख ६३ हजार ६०५ रहेको छ । सक्रिय संक्रमितको यो संख्या पाँच महिनायताकै कम भएको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
एकतर्फ भारतमा दैनिक थपिने कोभिड–१९ संक्रमितको संख्यामा कमी आइरहेको छ भने अर्को तर्फ खोप अभियानलाई तीब्र बनाइएको छ । खोप लगाउने क्रम बढेसँगै संक्रमणको जोखिम कम हुँदै गएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसकासाथै कोभिड–१९ परीक्षणको दायरालाई पनि भारतले फराकिलो बनाएको छ ।
हालसम्म ५७ करोड २२ लाख मानिसमा कारोनोविरुद्धको खोप लगाइएको छ । भारतमा कोरोना संक्रमणको तेस्रो लहर सेप्टेम्बर वा अगस्टको अन्तिम हप्तामा आउन सक्ने आकंलन गरिएको छ । यसबिच भाइरसविरुद्धको खोपमा तीव्रता दिँदा नयाँ संक्रमितको संख्यामा कमी आएकाले भारतले केही हदसम्म राहत महशुस गरिरहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij