Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा कोरोना रोकथाम समिति

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा कोरोना रोकथाम समिति

  • 446
    SHARES
  • स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको नेतृत्वमा कोरोना रोकथाम समिति

    काठमाडौं । सरकारले कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा उच्चस्तरीय समिति गठन गरेको छ ।

    कोरोना महामारी व्यवस्थापन, नियमित स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी कार्यान्वयन, अनुगमन र व्यवस्थापनका लागि गठित समितिको उपाध्यक्षमा स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, सहउपाध्यक्षमा प्रमुख विशेषज्ञ डा.दिपेन्द्र रमण सिह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा.गुणराज लोहनी रहेका छन् ।

    यस्तै स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा.रामपदारथ बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा.वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका भरत भट्टराई, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट डा.रुद्र मरासिनी उच्च स्तरीय समितिको सदस्यको रुपमा रहेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij