Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

  • 845
    SHARES
  • विश्व बैंकले सात अर्ब १२ करोड सहुलियतपूर्ण ऋण दिने

    काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६ करोड अमेरिकी डलर अर्थात् करिब रु सात अर्ब १२ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता उपलब्ध गराउने भएको छ ।

    अर्थमन्त्रालयमा आज आयोजित समारोहमा सरकारका तर्फबाट अर्थ सचिव मधुकुमार मरासिनी र विश्व बैंकका तर्फबाट नेपालसहित माल्दिभ्स र श्रीलङ्काका लागि देशीय निर्देशक  फारिस हदाद-जार्भोसले सम्झौतापत्रमा हस्ताक्षर गरे । 

    उक्त सहायता नेपालको उच्च शिक्षामा सुधार गर्न, सिकाइमा सूचना प्रविधिको प्रयोग बढाउन र पिछडिएका तथा जोखिममा रहेका विद्यार्थीलाई शैक्षिक संस्थासम्मको पहुँच बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij